Main

वर्षाले रोकिएको महिला फुटबल लिग अन्तिम चरणको खेल बुधबारबाट हुने

१४ असोज, काठमाडौं । वर्षाका कारण रोकिएको एन्फा महिला लिगको नवौं चरणको अन्तिम खेल बुधबारबाट हुने भएको छ ।

अविरल वर्षाका कारण रोकिएको अन्तिम चरणको महिला लिगमा संकटा क्लब र नेपाल पुलिस क्लबको खेल बुधबार दिउँसो साढे ३ बजे हुने गरि एन्फाले सूचना निकालेको छ ।

भदौ १६ गतेबाट सुरु भएको एन्फा महिला लिगमा शीर्ष ५ टिमको टुंगो लागिसकेको छ । औपचारिकताको लागि खेल्नु पर्ने नवौं चरणको अन्तिम खेल संकटा क्लब र नेपाल पुलिस क्लबको खल बाँकी रहेको थियो ।

पुलिस सुपर लिग पुगिसकेको छ भने संकटा भने शीर्ष पाँचको दौडबाट बाहिरिइसकेको छ ।

एपीएफ ९ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर सुपर लिग पुग्यो । दोस्रो स्थानमा त्रिभुवन आर्मी, तेस्रोमा नेपाल पुलिस क्लब, चौथोमा वालिङ नगरपालिका र पाँचौं हुँदै कोशी प्रदेश पनि सुपर लिग पुगिसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button