Main

विकेटकिपर अर्जुन घर्ती १० लाखमा कर्णालीमा आवद्ध

२० असोज, काठमाडौं । युवा विकेटकिपर अर्जुन घर्तीलाई नेपाल प्रिमियर लिगमा १० लाख रुपैयाँमा कर्णाली याक्सले किनेको छ ।

कर्णालीबाट घरेलु क्रिकेट खेल्ने उनी विकेटकिपरसँगै आक्रामक ब्याटर हुन् । घरेलु क्रिकेटमा मध्यक्रममा उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

क्याटेगोरी बी ५ लाखमा नाम राखेका उनलाई किन्न विराटनगर, काठमाडौं र कर्णालीबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मा कर्णालीले आफ्नै क्षेत्रको खेलाडी पाएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button