विपिनको कप्तानीमा गण्डकीले प्रधानमन्त्री कप खेल्ने

२६ पुस, काठमाडौं । स्पीनर विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टिमको घोषणा गरेको छ ।
गण्डकीमा रहेका यू–१९ टिमका खेलाडी दीपकप्रसाद डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाल हाल यू–१९ विश्वकपमा रहेका कारण हाल गण्डकीको टिम केही नयाँ बनेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पुस २८ गतेदेखि सुरु हुनेछ ।
राउन्ड रोविन प्रणालीमा हुने यस प्रतियोगिता त्रिवि क्रिकेट मैदान, मूलपानी मैदान र भैरहवामा हुनेछ ।
गण्डकीको प्रधानमन्त्री कप खेल्ने टिम :
विपिन खत्री(कप्तान), समिर कँडेल( उपकप्तान), इश्वर क्षेत्री, मुस्कान थापा मगर, रोशन गौतम, कृष अयर, अश्विनी राना मगर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करण पंगेनी, सन्दीप पराजुली, चन्द्रकान्त पौडेल र अंकित न्यौपाने
वैकल्पिक खेलाडीहरु : अर्जुन रायमाझी, दिनेश बुढा मगर, गोविन्द वि.क. र तुल्सीराम भण्डारी
प्रशिक्षक : रिजन प्रजु
टिम व्यवस्थापक : ऋषिराम गौतम
प्राविधिक विश्लेषक : दिवाकर थापा
– यस समाचारको श्रोत : Online Khabar हो ।