विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए। उनले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए।
घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गरे। ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहित सहभागी थिए।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।