‘विमान २०३०’ को शीर्ष भूमिकामा खगेन्द्र, अरुण र सुशील

काठमाडौं । पञ्चायतविरुद्धको लडाइँमा बीपी कोइरालाको नेतृत्वमा भएको विमान अपहरणको घटनाबारे फिल्म ‘विमान २०३०’ को निर्माण हुने खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।
यतिबेला यो फिल्मलाई लिएर महत्वपूर्ण अपडेट छ । असोज १० गतेदेखि यो फिल्मको छायांकन काठमाडौं र विराटनगरमा हुने तयारी छ । फिल्ममा खगेन्द्र लामिछाने, सुशील सिटौला र अरुण क्षेत्रीको शीर्ष भूमिका हुने स्रोतले जनायो ।
यस बाहेक दयाहाङ राई र ऋचा शर्माको पनि महत्वपूर्ण भूमिका हुने जनाइएको छ । यो फिल्मलाई लोकेश बज्राचार्यले निर्देशन गर्नेछन् । फिल्मको निर्माण खगेन्द्रको कम्पनी टुकी आर्ट्सले गर्दैछ ।
डेढ करोड रुपैयाँ लगानीमा निर्माण हुने यो फिल्म नेपालको पहिलो विमान अपहरणबारेको घटनामा बन्न लागेको हो । गत असार ३१ गते बोर्डमा फिल्म दर्ता भइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।