Main
विरोध पर्दशनका लागि राजधानीमा स्पिकर्स कर्नर तोकियोस् : रामप्रकाश चौधरी

५ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद संघीय राजधानी काठमाडौंमा विरोध पदर्शनका लागि स्पिकर्स कर्नर तोक्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदै आएको बताए । ‘पंचायतमा समेत खुलामञ्च र माइतीघर स्पिकर्स कर्नरको रुपमा प्रयोग हुँदै आएकोमा अहिले बिभिन्न ठाउँमा निशेधित क्षेत्र तोकिएको छ’ उनले भने ।
स्पिकर्स कर्नरका लागि युकेमा हाइ पार्क तोकिएको उल्लेख गर्नै उनले थपे, ‘नेपालमा पनि अभिव्यक्ति स्वतन्त्रता र विरोध पर्दशनका लागि स्पिकर्स कर्नर तोकियोस् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।