Main
आकाश चन्दलाई साढे ११ लाखमा पोखराले किन्यो
२० असोज, काठमाडौं। नेपालका तीव्र गतिका बलर आकाश चन्द ११ लाख ५० हजारमा पोखरा पुगेका छन् ।
पछिल्लो समय नेपाली टोलीबाट खेल्दै आएका आकाश चन्दलाई किन्न पोखरा, जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो ।
११ लाख ५० हजारमा पोखराले पाएको थियो ।
तीव्र गतिका बलर आकाश चन्दले यू१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।