Main
विवेक यादव १५ लाखमा लुम्बिनीमा आवद्ध

२० असोज, काठमाडौं । नेपालका अलराउण्डर विवेक यादवलाई नेपाल प्रिमियर लिगको अक्सनमा लुम्बिनी लायन्सले १५ लाखमा किनेको छ ।
१० लाख मूल्य राखेका उनलाई लिन काठमाडौं, सुदूरपश्चिम, चितवन, पोखरा र लुम्बिनीबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्रमा भने काठमाडौंले नाम फिर्ता लिएको थियो भने लुम्बिनीले पायो ।
विवेक फिनिसर ब्याटर हुन् । तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।