Main

विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

२२ फागुन, काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि  भने लगइन नै नहुने समस्या देखिरहेको छ ।

समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

फेसबुकसँगै मेटाको अर्को सामाजिक सामाजिक सञ्जाल इन्स्टाग्राम भने पूर्णरूपमा काम गर्न छाडेको छ ।

यस्तै मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button