Main

गुगलको यस्तो विशेषता, जसले अश्लील सामग्री आफैं ब्लर गर्छ

के तपाईंले आफ्नो स्मार्टफोन आफ्ना बच्चाहरूलाई पनि चलाउन दिनुहुन्छ ? गुगलले सर्च इन्जिनमा खोजेका तपाईंका हरेक प्रश्नको जवाफ शब्द र चित्र दुवैका रुपमा प्रस्तुत गर्दछ भन्ने कुरा हामी सबैलाई थाहा छ।

त्यसैले कुनै पनि अनुचित शब्द सर्च बक्समा टाइप गर्दा त्यसले ठूलो समस्या निम्त्याउन सक्छ। किनकि यौन गतिविधि, हिंसा र रक्तपातसम्बन्धी तस्वीरहरू सार्वजनिक ठाउँमा देखिनु लज्जास्पद हुन सक्छ ।

यसैगरी, तपाईंको बच्चाले यस्तो सामग्री हेर्दा उनीहरूलाई त्यसले गहिरो नकारात्मक प्रभाव पार्न सक्छ।

अतः यदि तपाईंको बच्चाले तपाईंको फोन प्रयोग गर्छ भने गुगल सर्चको एक विशेष फिचरबारे , तपाईंले जान्नैपर्ने हुन्छ।

अश्लील सामग्री आफैं धमिलो बन्नेछ

गुगलले आफ्नो सर्च इञ्जिनमा Google Safe Search  फिचरको सुविधा उपलब्ध गराएको छ । सेफ सर्च फिचरसँगै नग्नता, यौन क्रियाकलाप देखाउने ग्राफिक्स वा सामग्रीलाई अश्लीलताको श्रेणीमा राखिन्छ। यसैगरी, हिंसा र रक्तपात देखाउने सामग्रीलाई पनि यस प्रकारको श्रेणीमा राखिन्छ।

जब तपाईंले फोनमा सेफ सर्च सेटिङ इनेबल गर्नुहुन्छ तब यस्तो खालका सामग्रीहरू फिल्टर हुन्छन् । यसका अलावा यो सेटिङ सक्रिय बनाएसँगै  यस्ता सर्च रिजल्टहरु धुमिल वा ब्लर देखिन्छन् ।

गुगल सेफ सर्च फिचरलाई यसरी सक्रिय बनाउनुहोस्

सबैभन्दा पहिले फोनमा गुगल एप खोल्नुहोस्।
त्यसपछि स्क्रिनको सबैभन्दा माथि दायाँतिर प्रोफाइलमा ट्याप गर्नुहोस्।
त्यसपछि SafeSearch अप्सनमा ट्याप गर्नुहोस्।
त्यहाँ तपाईंले Filter वा Blur विकल्पमध्ये कुनै एक छान्न सक्नुहुन्छ।

Filter को अर्थ अश्लील सामग्री सर्च गर्दा रिजल्टहरु फिल्टर हुनेछन् अनि स्क्रिनमा त्यस्ता तस्वीरहरू देखिंदैनन् ।

Blur को अर्थ  अश्लील सामग्री सर्च गर्दा रिजल्टहरू त देखिनेछन्, तर ती धुमिल हुनेछ। स्क्रिनमा त्यस्ता तस्वीरहरू धुमिल रूपमा देखिन्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button