Main

पशुपतिनाथमा तीजको उल्लास (तस्वीरहरू)

२१ भदौ, काठमाडौं। नेपाली नारीको महान् पर्व हरितालिका तीज पशुपतिनाथ मन्दिर परिसमा व्रतालु महिलाहरूले नाँचगान गरेर मनाएका छन् ।

पशुपतिनाथको दर्शनका लागि आएका व्रतालुहरूले पूजाआजापछि नाँचगानसहित तीज मनाएका हुन् । केही व्रतालुहरूले तीजमा आ-आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे ।

पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो ।

उनका अनुसार दिउँसो ४ बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका छन् ।

पर्वका अवसरमा मूल मन्दिरभित्र करिब ६ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ । धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

हेर्नुहोस् तस्वीहरू : 

             

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button