Main
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिन सर्यो

२ असोज काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनपछि सरेको छ ।
केहीबेर अघि सम्पन्न कार्यालयको बैठकले राष्ट्रिय सम्मेलन असोज १२ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि असोज २ देखि ५ गतेसम्म चितवनमा राष्ट्रिय सम्मेलन गर्ने तयारी थियो ।
अखिल क्रान्तिकारीको उपाध्यक्ष एवम् प्रवक्ता जीपी लामिछानेले विद्यार्थीहरुको परीक्षा र आन्तरिक तयारी नपुगेकाले राष्ट्रिय सम्मेलन १० दिन पछि सार्ने निर्णय भएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।