Main

शरद ऋतुमा हिमाल आरोहण अनुमति दिन सुरु

१७ भदौ, काठमाडौं । सरकारले शरद ऋतुमा हिमाल आरोहण गर्नेहरूका लागि अनुमति दिन सुरु गरेको छ ।

पर्यटन विभागका अनुसार यस सिजनका लागि अहिलेसम्म १२ टोलीका लागि १३२ जनाले परमिट पाइसकेका छन् ।

सबैभन्दा धेरै मनास्लु हिमाल (८,१६३ मिटर) मा १० टोलीका १२० जनाले आरोहण अनुमति पाएको विभागको तथ्यांक छ ।

पुथा हिउँचुली (७,२४६ मिटर) मा १ टोलीका ७ जना र अन्नपूर्ण चौथो (७५२५ मिटर) मा १ टोलीका ५ जनाले आरोहण अनुमति लिएको समेत विभागले जनाएको छ ।

विभागका अनुसार यो सिजनका लागि १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी उठेको छ । यस सिजनमा अमेरिकाका २०, जापानका १७, बेलायतका १५,  चीनका १३ जनाले आरोहण अनुमति लिएका छन् ।

नेपालका एक जनाले मात्र अनुमति लिएको विभागले जनाएको छ । यो सिजनमा सगरमाथा बाहेकका हिमालमा आरोहण बढी हुन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button