Main
जेठमा महाधिवेशन गर्ने जसपाको निर्णय

२७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ ।
शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।