Main

शिखर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

६ फागुन, काठमाडौं । शिखर इन्स्योरेन्सले यो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षसम्मको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक बीमा प्राधिकरणमा पठाएको छ । कम्पनीले गत आर्थिक वर्ष १६ प्रतिशत सेयर बोनस दिएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत वर्षको यसै अवधिको तुलनामा १९ प्रतिशत बढी हो । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button