Main

शिवरात्रिमा पल शाहको ‘मायावी’ र जिग्री ब्रो’को ‘लाज शरणम्’ आउने पक्का

काठमाडौं । आउँदो शिवरात्रीमा घरेलु बक्स अफिसमा पल शाह स्टारर ‘मायावी’ र टिभी श्रृंखला ‘सक्किगो नि’को कथानक फिल्म ‘लाज शरणम्’बीच भिडन्त तय भएको छ ।

‘मायावी’का निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै फिल्म पुस २६ गते आउने जनाएका छन् । पोस्टरमा फिल्मका शीर्ष कलाकार पल शाह र दीपिका प्रसाईं रोमान्टिक मुडमा प्रस्तुत छन् । सोही पोस्टरको अर्को कुनामा शाह भावुक मुद्रामा छन् । पोस्टरमार्फत निर्माताले रोमान्स र बिछोडलाई दर्शाउन खोजेका छन् ।

फिल्ममा सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, समिम खान लगायतका कलाकारको अभिनय छ । निर्देशक समेत रहेका भट्टराईको पटकथा यसमा छ ।

अर्कोतर्फ ‘लाज शरणम्’ पनि सोही मितिमा आउने भएपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । कुमार कट्टेलले निर्देशन गरिरहेको यो फिल्मलाई यस वर्षको प्रतीक्षित फिल्म समेत ठानिएको छ । मल्टिस्टारर यो फिल्ममा टिभी र फिल्मका कलाकारको बाक्लो कास्टिङ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button