Main

शिव परियारको स्वरमा शीतल कादम्बिनीको नयाँ गजल ‘तिमीसँग भेट्ने’

काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गजल ‘तिमीसँग भेट्ने’ सार्वजनिक भएको छ । शीतल कादम्बिनीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गजलले प्रेममा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

तिमीसँग भेट्ने हतारो मलाई

तिमी चाहिं हाल्छौं तगारो मलाई

गजल-गीतलाई आमोद तामाङले एरेन्ज गरेका हुन् । शीतल र शिवको सहकार्य रहेका कहाँ थियौ तिमी रंगमञ्च, धेरै चोटि मरे म त लगायत गीत-गजल लोकप्रिय छन् ।  लिरिकल भिडियो सहितको गजल ‘शीतल कादम्बिनी’ युट्युब चयानलमा रिलिज गरिएको छ ।



गायक परियारको स्वरमा शुक्रबार नै ‘बाआमा’ र ‘हिंड्दैछु एक्लै’ गीत समेत सार्वजनिक भएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button