Main

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत भेटियो

१९ असोज, धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला परेको छ ।

राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने ढक्का पोष्टनजिकै  गर्भवती अवस्थाको हात्ती मृत फेला परेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।

उनकाअनुसार बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको पाइएको छ ।

काननुअनुसार गर्नुपर्ने सबै प्रकृया पुगाएर हात्तीको शव व्यवस्थापन गरिएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button