Main
श्रीकृष्ण जन्माष्टीको अवसरमा ‘दिव्योत्सव’ मञ्चन हुँदै

काठमाडौं । श्रीकृष्ण जन्माष्टीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित नयाँ नाचघरमा नृत्य नाटक ‘दिव्योत्सव’ मञ्चन भइरहेको छ ।
एस्थेटिक डान्स स्टुडियोका विद्यार्थीहरुको प्रस्तुति रहेको नाटकमा श्रीकृष्णमा आधारित कथक नृत्य समावेश गरिएको छ । महाभारत, कालिया दमन र रसलीला जस्ता विषयमा २२ कलाकारले प्रस्तुति दिइरहेका छन् ।
नाटक सोमबारसम्म चल्नेछ । हरेक दिन दिउँसो २ बजे र साँझ ६ बजे नाटक मञ्चन भइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।