यस्तो छ डलर, रियाल, रिंगिट र दिरामको विनिमयदर

६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८४ पैसा तोकेको छ । सर्वसाधारणले डलर किन्नुपर्दा सो मूल्य तिर्नुपर्दछ । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ २४ पैसा तोकेको छ । आफूसँग भएको डलर सटही गर्दा सो मूल्य पाइन्छ ।
यस दिनका लागि एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ । बैंकले एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६८ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५२ पैसा तोकेको छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयँ ४४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ २८ पैसा तोकिएको छ ।
मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर मूल्य २८ रुपैयाँ ४४ पैसा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।