Main
सटरको सामान नियन्त्रणमा लिएको भन्दै नगर प्रहरीले सोध्यो इन्स्पेक्टरलाई स्पष्टीकरण

२९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र शनिबारका दिन सटरबाट सामान नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएपछि नगर प्रहरी बलले एक जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
महानगर प्रहरी बल, मध्य क्षेत्र शाखाका नगर प्रहरी निरीक्षक राधाकृष्ण थापालाई महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण सोधेका हुन् ।
शनिबार सटरभित्र रहेको समान समातेर निकालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसमा ‘लापरबाही भएको प्रष्ट देखिएको’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।
थापा कमाण्डर भएर खटिएको टोलीबाट यो काम भएको भन्दै ‘पछिसम्म फरक नपर्ने गरी २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन’ भनिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।