Main

सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे आह्वान

२० फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको बेठक बिहान ८ बजे बोलाइएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बैठकमा मन्त्रि हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा समेत खटपट आएको बताइएका बेला बैठक आह्वान भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button