Main

सन नेपाल लाइफको नाफा खस्कियो

२१ माघ, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक अपरिस्कृत विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशत खस्किएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा ३२ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ३५ करोड ३९ लाख रुपैयाँ थियो । कम्पनीको प्रिमियम आम्दानी घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ७७ करोडमा खुम्चिएको छ ।

यद्यपि खुद प्रिमियम आम्दानी भने गत वर्षको दोस्रो त्रैमासकै जति १ अर्ब ५८ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ५२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ४ पैसा छ । कम्पनीको सेयर पूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ५९१ रुपैयाँ ४० पैसा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button