Main
नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

१२ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेको छ । किग सिटीमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेललाई टोलीमा फर्काएको छ । आरिफ शेख, भीम सार्की, अर्जुन साउद, गुलशन झा र ललित राजवंशी बेन्चमा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।