Main

बालाजुको नालीमा मोटरसाइकल खस्दा चालक बेपत्ता

११ असोज, काठमाडौं। बालजु क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् । उनको खोजी भइरहेको छ ।

बुधबार रातिदेखि परेको पानीका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button