Main

उपत्यकामा एकैदिन ३ ठाउँ चोरी गर्ने गिरोह पक्राउ

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ३ फरक ठाउँमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बैतडी घर भएका २३ वर्षीय निराजन महरा, भारतीय नागरिकहरु २८ वर्षीय सुजित कर, ३० वर्षीय सेफ अली आलम र काभ्रेकी २२ वर्षीया मोनिका लामा छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका हो ।

यो समूहले २७ जेठमा टोखाको नमूना टोलमा डेरा गरी बस्ने स्याङ्जाकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्याको कोठाबाट २५ लाख ४ हजार ९ सय बराबरको धनामाल चोरी गरेको आरोप छ । सुनका गरगहना र नगद गरी उनीहरुले २५ लाख भन्दा बढीको चोरी गरेका थिए ।

अनुसन्धानका क्रममा यो समूहले २७ जेठमै कलंकीस्थित मनिष पौडेलको कोठाबाट पनि विभिन्न कागजपत्रहरु चोरी गरेको पाइएको छ ।

२७ जेठमै महाराजगञ्जस्थित विशेष प्याकुरेलको कोठाबाट नगद र ल्यापटप गरी १ लाख ४५ हजार ५ सय बराबरको चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

२ असारमा उनीहरुले स्युचाटारस्थित आकाश खड्काको कोठाबाट ल्यापट समेत चोरी गरेको खुलेको छ ।

प्रहरीले उनीहरुबाट नगल, सुनको ढिक्का ६३ ग्राम, ल्यापटक, मोबाइलहरु, ताला फोड्न प्रयोग भएको रड समेत बरामद भएको छ । पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button