Main
आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण

१५ वैशाख, काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।
शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।
एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।
कार्यक्रममा बोल्दै साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए । ‘वर्तमान समयका प्रमुख दल र अहिलेको नेताबाट मुलुकको विकास सम्भव छैन,’ साहले भने, ‘त्यसैले अग्रगामी सोच राख्ने पार्टीसँग एकता गर्दै बलियो शक्ति निर्माण गर्ने अभियानमा छौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।