Main

५० ग्राम सुनसहित विमानस्थलबाट २ युवा पक्राउ

१३ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका–३ घर भएका ४३ वर्षीय राजकुमार श्रेष्ठ छन् ।

भन्सार छली गरी लैजान लागेको ५० ग्राम बराबरको सुनको सिक्री २ थान, आइफोन ३ थान र विभिन्न भेपको लिक्युडसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीहरूलाई पक्राउ गरिएको हो । बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button