Main
सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

१५ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार अधिकारीको नाम सिफारिस गरेको हो ।
यो सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।