Main

सत्ता गठबन्धनको व्‍यवहार निरंकुशताउन्मुख : गगन थापा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा प्रेस युनिनयनले आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्ता गठजोडले देखाएको रबैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए ।

उनले भने, ‘ हाम्रो बिरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरंकुशता उन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ ।’

उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए ।

‘प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी ।’ उनले भने ।

महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताए । महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए ।

उनले भने, ‘यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button