Main

गुल्मीमा मनाइयो गाईजात्रा पर्व

४ भदौ, गुल्मी । वर्ष दिनभरि दिवंगत आफन्तको चिरशान्तिको कामना गर्दै गुल्मीका नेवार समुदायले गाईजात्रा मनाएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा पनि यो वर्ष भरि दिवंगत भएका २ जना व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो ।

परम्परागत रुपमा निकालिएको गाईजात्रा तम्घास बजार परिक्रमण गराइएको थियो । जिल्ला सदरमुकाम तम्घासमा ८० घर भन्दा बढी नेवार समुदाय बसोबास गर्दै आएको भिन्तुना बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद श्रेष्ठले बताए ।

तम्घासमा भिमसेन मन्दिर व्यवस्थापन समितिले परापूर्वकालदेखि गाईजात्रा पर्व मनाउदै आएको श्रेष्ठले बताए । जिल्ला सदरमुका तम्घाससँगै रुरुक्षेत्र गाउँपालिका–१ रिड, ५ टाहटिम,–४ वलेटक्सार, मुसिकोट नगरपालिकाको वामिटक्सार, सत्यवती गाउँपालिकाको खैरेनी, गुल्मीदबारको चारपाला लगायतका स्थानमा नेवार समुदायका नागरिकको बसोवास गर्र्दै आएका छन् ।

यी ठाउँमा पनि गाईजात्रा मेला भव्य रुपमा मनाईएको मनाउने गर्दछन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको थियो । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यु भएपछि भावविह्वल भएकी रानीलाई मनाउन जात्रा निकाल्ने प्रचलन सुरु गरेको मान्यता छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button