Main

सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) का लागि सहरी विकास मन्त्रालयका लागि ९२ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौं उपत्यका वरिपरि जलपुनर्भरण लगायत योजना सुनाएका हुन् । यस्तै बागमती नदीको सुक्खा याममा बहाब कायम राख्ने, बागमती सफाइ अभियान निरन्तर राख्ने घोषणा गरेका हुन् ।

बागमती सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन भएको मन्त्री पुनले बजेट वक्तव्य मार्फत घोषणा गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button