क्याबिन क्रु र एयर होस्टेसलाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको अन्तरिम आदेश

२२ पुस, काठमाडौं । सर्वोच्च अदालतले क्याबिन क्रु र एयर होस्टेसहरुलाई सेवा सुविधामा विभेद नगर्न नेपाल वायुसेवा निगमका नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनीहरुलाई विभेद नगर्न आदेश दिएको हो । साथै सर्वोच्च अदालतले उनीहरुमाथि भेदभाव हुने गरी कामकारवाही गर्नुको कारण पेश गर्न समेत निगमका नाममा आदेश दिएको छ ।
निगमको कर्मचारीहरुले पाउने सेवा सुविधाको तुलनामा करारमा नियुक्त भएका आफूहरुलाई भेदभाव भएको भन्दै क्याविन क्रु र एयर होस्टेसले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
करारमा कार्यरत आफूहरुलाई बढीमा एक महिनाको तलब दिएर ४० वर्षमा अवकाश दिने व्यवस्था भएको, तर निगमका कर्मचारीहरु ५८ वर्षसम्म काम गर्नसक्ने व्यवस्था रहेको भन्दै उनीहरुले समान सुविधाको माग गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।