Main

सांसद डा. अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा जुनियरलाई बढुवा गरिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले संगिता मिश्र मधेशी भएकै कारण अन्याय गरिएको आरोप लगाउदै सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

सांसद सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा समेत माग गरेका छन्। उनले भने,‘संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन्। संगिता मिश्र मधेशी समूदायको एउटा आस्थाको केन्द्र थियो, महिलाहरुको आस्थाको केन्द्रको प्रतिक थियो। जसरी कुलमानजीलाई बारम्बार जनजाति भनेर होच्याउने काम भैराखेको छ, त्योपनि नागरिक समाजको विश्वासको प्रतिक हो । सरकारप्रति विश्वास कसैको छैन् । सरकार आँफै जनतामा गएर बुझे हुन्छ।’

संगिता मिश्र मधेशी भएकै कारण अन्यायमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल स्वास्थ्यमन्त्री पौडेललाई बर्खास्त गर्न सुझाव दिए। उनले भने,‘स्वास्थ्यमन्त्री त मैले पढाएको विद्यार्थी हो, तर उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कोही मधेशी रहँदैन भन्नुभएको छ, कुनै जनजाति र दलित हुँदैन भन्नुभएको छ।’

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button