Main
साफ यू-१७ च्याम्पियनसिपको ड्र : नेपालको समूहमा श्रीलंका र बंगलादेश
४ साउन, काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपको ड्र सम्पन्न भएको छ । आइतबार भर्चुअल रूपमा ‘ड्र’ सम्पन्न भएको हो। ड्र अनुसार नेपाल समूह ए मा परेको छ, जहाँ श्रीलंका र बंगलादेश पनि छन्। त्यसैगरी समूह बी मा भारत, माल्दिभ्स, पाकिस्तान र भूटान परेका छन्। प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकोको कोलम्बोमा आयोजना हुनेछ।
– यस समाचारको श्रोत : Online Khabar हो ।