Main

सिड्नीमा गुञ्जिंदै कर्णदास

सिडनी । लोकप्रिय गायक कर्णदास अष्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएका छन् । नेपाली नयाँ वर्षको छेको पारेर आगामी अप्रिल ५ मा सिड्नीको क्याथोलिक क्लबमा हुने ‘अब आउने साल’ कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।

कार्यकमलाई एडभन्सन पार्क बाडिया नेपाली कम्युनिटीले आयोजना गर्न लागेको हो । ‘सिड्नीमा कर्णदास जस्ता गहन गायकलाई उपस्थिति गराउन पाएकोमा नेपाली समाजले गौरवको महसुस गरेको छ,’ कम्युनिटीका अध्यक्ष रन्जितराज वन्तले भने, ‘कर्णदाससँगको गीत-संगीतको त्यो साँझ ऐतिहासिक र अविस्मरणीय हुने विश्वास छ ।’

कार्यक्रममा सिड्नीमै रहेकी गायिका सुजाता उपाध्याय र नेपाल आइडल सिजन ४ का प्रतिस्पर्धी आदेश पौडेलले पनि सांगीतिक प्रस्तुति दिने जनाइएको छ ।

सुगम संगीत र पप गायन दुवै विधामा अब्बल गायक कर्णदासका जिन्दगीको के भरोसा, ठूला ठूला महल, तिम्रो मेरो सम्बन्ध, पुरानो डुंगा, फर्किआऊ शान्ति तिमी लगायत दर्जनौं गीत लोकप्रिय छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button