Main

एयर गन बोकेर हिँडेका युवा रुपन्देहीबाट पक्राउ

१३ जेठ, काठमाडौं । एयर गन बोकेर हिँडेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाह छन् ।

उनलाई इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले बाटोमा हिँड्दै गरेको अवस्थामा हडैयाबाट शनिबार पक्राउ गरेको हो ।

उनले म्याग्जिन नभएको एयर गन बोकेर हिँडेको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button