Main

सिने सर्कल अवार्डमा ‘दिमाग खराब’, ‘जारी’ र ‘अगस्त्य’को वर्चस्व

काठमाडौं । सिने सर्कल अवार्ड २०८० मा फिल्म ‘दिमाग खराब’, ‘जारी’ र ‘अगस्त्य’ले वर्चस्व कायम गरेका छन् । ‘दिमाग खराब’ले फिल्मसहित पाँच विधामा अवार्ड जित्यो ।

‘दिमाग खराब’बाट निश्चल बस्नेतले सर्वश्रेष्ठ निर्देशक, स्वस्तिमा खड्काले सर्वश्रेष्ठ अभिनेत्री, सुसन प्रजापतिले सर्वश्रेष्ठ छायांकार र निमेष श्रेष्ठले सम्पादन विधामा अवार्ड जिते ।

अवार्डको सातौं संस्करणमा पनि आयोजक संस्थाका प्रमुख दिनेश डिसी उदघोषकको भूमिकामा प्रस्तुत थिए । अवार्ड समारोह सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रवन्ध निर्देशक वरुण चौधरीको स्वागत मन्तव्यदेखि सुरु भएको थियो ।

पाका दृश्य सम्पादक नरेन्द्र खड्का र मेकअप म्यान अशोक रोक्कालाई जनही ५१ हजार रुपैयाँसहित दीर्घ साधना सम्मान प्रदान गरियो । जुरी सदस्यमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्वन्द निर्देशक एनबी महर्जन, निर्देशक दिनेश डिसी र पत्रकार कृष्ण भट्टराई थिए ।

नेपालमा आयोजना हुने अवार्डमा दर्शक र सेलिब्रेटीको संकट देखिने गरेपनि यो अवार्ड चाहिँ अपवाद रह्यो । नयाँ र पुरानो छिमलका फिल्मकर्मीसहित देश तथा विदेशका कलाकार पनि समारोहमा देखिए ।

यो अवार्ड २०८० सालको पहिलो अवार्ड समारोह समेत हो । मुलुकको नियमित फिल्म अवार्ड पनि हो । अन्य अवार्ड रोकिँदै, आयोजना हुँदै आइरहेको बेलामा यो अवार्ड चाहिँ नियमित हुँदै आइरहेको छ ।

कुन विधामा कसले जिते ?

पोस्टर डिजाइनर : राकेश दाहाल (बुलाकी)
स्टन्ट : लक्ष्मण सेन्चुरी (काँडेतार)
भीएफएक्स : अनुपम गौतम शर्मा (उपहार)
पाश्र्व गायक : निशान भट्टराई (परदेशी २)

पाश्र्व गायिका : अञ्जु पन्त (बगान)
द्वन्द निर्देशक : श्री श्रेष्ठ (अगस्त्य)
कोरियोग्राफर : रामजी लामिछाने (नाङ्गो गाउँ)
संगीतकार : सुबास भुसाल (बगान)

निमेष श्रेष्ठ : (दिमाग खराब))
जोडी : दयाहाङ राई र मिरुना मगर (जारी)
छायांकार : सुशन प्रजापति (दिमाग खराब)
ख्लनायक : प्रमोद अग्रहरी (अगस्त्य)

पटकथाः उपेन्द्र सुब्बा (जारी)
नव–निर्देशक : उपेन्द्र सुब्बा (जारी)
ट्रेण्ड सेटर्स अवार्ड : रामबाबु गुरुङ (निर्देशक) तथा (प्रदीप भट्टराई)
ग्रस कलेक्सन अवार्ड : जारी

अभिनेता : सौगात मल्ल (अगस्त्य)
अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
फिल्म : दिमाग खराब

क्रिटिक्स अवार्ड

अभिनेता : नरेन खड्का (बुलाकी)
अभिनेत्री : सुरक्षा पन्त (बुलाकी)
निर्देशक : प्रदीप शाही (अन्तिम संस्कार)

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button