Main

सिन्धुलीमा रुख ढाल्ने क्रममा एक जनाको मृत्यु

४ चैत, काठमाडौं । सिन्धुलीमा रुख ढाल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका-५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठको आज बिहान कमलामाई-१ तिनतले पाखास्थित घागरठाकुर सामुदायिक वनमा वनको ठेक्का लागेको चिलाउनेको रुख काट्ने क्रममा हाँगाले लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

रुखको हाँगा उछिट्टिएर टाउकोमा लागेपछि श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button