Main

सी डिभिजन लिगमा गोलबजार र रानी वनको बराबरी

१२ वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लब र रानीवन स्पोर्ट्स क्लबले बुधबार १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा गोलबजारले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन ।

योन्जन हमालले १६औं मिनेटमा गोल गर्दै सिरहाको गोलकजारलाई अग्रता दिलाएका थिए । तर ४४औं मिनेटमा हिमान्चल सिंहले रानीवनका लागि पेनाल्टीमा बराबरी गोल फर्काए ।

जारी लिनमा रानीवनको यो तेस्रो बराबरी हो भने गोलबजारको दोस्रो बराबरी हो । दुवै टोली चौथो चरणसम्म जितविहिन छन् । रानीवनले चार खेलबाट ३ र गोलबजारले समान खेलबाट २ अंक जोडेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button