Main

सी डिभिजन लिगमा महावीर पहिलो जित

९ वैशाख, काठमाडौं । महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसनले शहीद स्मारक सी डिभिजन लिगमा यस सिजन पहिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा महावीरले सोसियल वेलफेयर स्पोर्ट्स सेन्टर क्लबलाई ३-२ ले पराजित गरेको हो ।

महाविरका लागि सन्दिप श्रेष्ठले नवौँ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । ४८औं मिनेटमा मनोज नेपालीले सोसियल वेलफेयरका लागि बराबरी गोल फर्काएका थिए ।

सन्दिपले नै ५०औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि महाविरले फेरि अग्रता लियो ।

सुरज थापाले ६८औं मिनेटमा गोल गर्दै महाविरको अग्रता ३(१ बनाए । ८८औं मिनेटमा सोसियल वेलफेयरका शरद राईले गोल गरेपनि हार टार्न पर्याप्त भएन ।

पहिलो जितपछि महाविरले चार खेलबा६ ५ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ ।

यसअघि एक जित र दुई बराबरी खेलेको सोसियल वेलफेयरको यो पहिलो हार हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button