Main
ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश
२२ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
सोमबार साँझा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरका लागि कम्पनीले कर छुट्याएको छैन । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।
गत वर्ष कम्पनीले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर दिएको थियो । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २५३ रुपैयाँ १० पैसा छ । ग्लोबल आईएमईसहित हालसम्म तीन वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । यसअघि एभरेस्ट र सिटिजन्स बैंकले लाभांश घोषणा गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।