Main

कांग्रेसका गण्डकीका सांसदको गुनासो : मन्त्री बनाउँदा प्रदेश छुटाएर पार्टीले गलत गर्‍यो

१ साउन, काठमाडौं । नेपाली कांग्रेसका गण्डकी सांसदहरुको बैठक बसेर पार्टीबाट मन्त्रीहरु सिफारिस गर्दा न्यायसंगत नभएको ठहर गरेका छन् ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि र राष्ट्रिय सभाका १० जना सांसदको काठमाडौंमा बैठकले गण्डकी र लुम्बिनीबाट कुनै पनि मन्त्री नबनेको प्रति असन्तुष्ट व्यक्त गरेको हो ।

‘समावेशीको कुरा समग्रतामा देश भरिकै कुरा भयो । गण्डकी र लुम्बिनीबाट कांग्रेसले एक जना पनि मन्त्री बनाएन,’ तनुहँका सांसद शंकर भण्डारीले भने,‘दुइटा प्रदेश नै छुटाउनु गलत भएको छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल गण्डकीबाट भए पनि उनी काठमाडौंबाट निर्वाचित हुन् ।

कांग्रेस सह-महामन्त्री जीवन परियार मन्त्री हुने चर्चामा रहेपनि वञ्चित रहे । मन्त्रिपरिषद्मा दलित समुदायबाट कांग्रेसले कुनै व्यक्ति पनि नपठाएको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

दलित वर्गबाट कांग्रेसले एक जना पनि मन्त्री नपठाएको बारेमा सहभागीले चासो राखेको सांसद राजेन्द्र बजगाईंले  बताए ।

संघीय सांसद बनेकाहरुले गण्डकी पार्टीको एकता, समन्वय र सद्भाव काय राख्न नसक्दा प्रदेशमा संगठन खस्किएको निचोड निकालेको बजगाईंले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button