Main
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
२१ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–३ का २२ वर्षीय विनय तामाङ छन्। उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। कालोपुल एरियामा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। तामाङलाई कारागार पठाइएको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।