Main
राष्ट्रपति पौडेलले नियुक्त गरे ५ देशका राजदूत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ५ देशका राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाइएको छ।
जसमा प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएकाे हाे।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।