Main

सेमिफाइनल पहिलो लेगमा डर्टमण्डले पीएसजलाई हरायो

२० वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलेको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन निकलस फुलवर्गले गोल गरे । जर्मन इन्टरनेशनल फुलवर्गले ३६औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पीएसजीले खेलमा पकड बनाएपनि सट अन टारग्ट राख्न सकेन तर डर्टमण्डले पाएको अवसरलाई सदुपयोग गरेको थियो । यी दुई टोलीबीच मे ७ मा दोस्रो लेगको खेल पीएसजीको मैदानमा हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button