Main

सेयर बजारमा फाइनान्सको अब्बल प्रदर्शन, सूचक २ वर्षयताकै उच्च

२७ चैत, काठमाडौं । आइतबार समग्र बजार १.१३ प्रतिशत बढ्दा फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ५.९५ प्रतिशत बढ्यो । सो वृद्धिपछि फाइनान्स समूह २ वर्षयताकै उच्चतम विन्दुमा पुगेको छ ।

आइतबार बजार बन्द हुँदा यो समूहको सूचक २०१० अंकमा कायम भएको छ । जुन अंक कारोबार बन्द हुँदा १७ चैत २०७८ यताकै उच्च हो । सो दिन यो समूहको सूचक २०२६ अंकमा थियो । त्यसयता निरन्तर २०१० भन्दा तल रहँदै आएको थियो ।

फाइनान्स समूह २ वर्षयताकै उच्चतम अंकमा पुग्दा समग्र बजारको परिसूचक नेप्से नै १८ सयदेखि २२ सयबीचको आसपासमा घुमिरहेको छ ।

सेयर बजारमा अरु क्षेत्रगत सूचकको तुलनामा फाइनान्स मजबुत देखिएको छ । बजारमा कुल १५ फाइनान्स कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये ३ कम्पनीको मूल्य आइतबार १० प्रतिशत बढ्यो ।

अन्य समूहहरुको तुलनामा फाइनान्सको उतारचढाव उच्च रहने गर्छ । फाइनान्स कम्पनीहरुको चुक्ता पूँजी कम भएकाले सेयर आपूर्ति पनि सीमित छ, जसका कारण फाइनान्स समूहको प्रदर्शन बजारमा राम्रो देखिएको लगानीकर्ता बताउँछन् । ‘कम्पनीको संख्या पनि थोरै र चुक्ता पूँजी पनि थोरै भएकाले पनि राम्रो मूल्य पाएको हो’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘तर बैंकिङ समूहमा यसको ठीक उल्टो अवस्था देखिएको छ ।’ कारोबारीले चलाउन सक्ने क्षमता पनि फाइनान्समा रहेकाले यसप्रति आकर्षण देखिएको उनको भनाइ छ ।

‘सूचकले पनि राम्रो ट्रेन्ड बनाइरहेको छ, जसले गर्दा समूहप्रति केही भीड देखिन्छ’ उनले भने ‘मूल्यबाट जता लाभ आउने संकेत मिल्छ, भीड त्यतै जाने हो ।’

दोस्रो त्रैमासिक वित्तीय विवरण भने फाइनान्स कम्पनीहरुको पनि सन्तोषजनक देखिँदैन । कतिपय कम्पनीहरु नोक्सानमा गएपछि प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ । ‘मूल्यलाई वित्तीय स्थितिले मात्रै असर पार्दैन, मुख्यतः सेयरको माग र आपूर्तिले तय हुने हो’ उनले भने ।

हाल फाइनान्स कम्पनीहरुको बजार मूल्य र दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा प्रतिसेयर आम्दानी :

फाइनान्स कम्पनी
मूल्य
प्रतिसेयर आम्दानी

नेपाल
४२३.५०
०.२२

पोखरा
४३२.३०
५.३७

जानाकी
४२०.२०
०.५८

गोर्खाज
८८४
२८.०२

बेस्ट
३६०
२.५४

गुडविल
४८२
४.८४

श्रीइन्भेस्टमेन्ट
३८२
५.२२

सेन्ट्रल
३६३
–१०.०४

समृद्धि
३३६
–५.२१

गुहेश्वरी
३७३
–१३.२४

आईसीएफसी
५१८.२
८.९९

प्रोग्रेसिभ
३२६
–२४.९४

मल्टिपर्पोज
३८५.९०
३.६९

मञ्जुश्री
५२०
१५.६१

रिलायन्स
३७८
–९.७७

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button