ललितपुरलाई हराउँदै कर्णालीको लगातार तेस्रो जित

१६ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए) को तेस्रो दिन खेलमा ललितपुर क्विन्सलाई हराउँदै कर्णाली यस्वीसले लगातार तेस्रो जित दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा बुधबार कर्णालीले गण्डकीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
कर्णालीले गण्डकीलाई २५-२२, २५-२२ र २९-२७ ले हराउँदै जित निकालेको हो । पहिलो र दोस्रो सेटमा प्रतिस्पर्धात्मक टक्कर दिएको ललितपुर दुवै सेटमा २२ अंकमा नै समेटियो ।
तेस्रो सेटमा भने ललितपुरले लगातार ९ अंक जोड्दै १०-१ को अग्रता बनायो। लगातार अग्रता बनाएको ललितपुरलाई कर्णालीले २२ बराबरमा आएर भट्यो ।
खेल २७ अंकसम्म बराबरीमा पुग्यो ।
अन्ततः कर्णालीले २९-२७ ले सेटजित्दै खेल पनि जित्यो । कर्णालीले लगातार तीन खेल जित्दै ८ अंक जोडेको छ ।
आजको दोस्रो खेल काठमाडौं स्पाइकर्स र गण्डकी थन्डर्सबिच हुनेछ । त्यस्तै, आजको अन्तिम खेल चितवन शक्ति र मधेश युनाइटेडबिच हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।