Main
सौर्य एयर विमान दुर्घटनाका घाइते पाइलट शाक्य डिस्चार्ज हुँदै
काठमाडौं। काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्।
गत साउन ९ गतेदेखि उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ।
काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। सो विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।