Main

राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवसीय राजदूत 

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

पछिल्लो समय बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैर आवसीय राजदूत  नियुक्त गरेका हुन्।

जसअनुसार चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण प्रसाद ओली, मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया तथा इजिप्टका लागि नेपाली सुशील कुमार लम्साललाई लेवनानका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button